बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २६ माघ २०८२, आइतबार ११:३६ मा प्रकाशित

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रूपैयाँले बढेको हो।

शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रूपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।