काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ ।
आज सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य तोलाको ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।