बढ्यो सुनको भाउ

न्युजलय २८ फाल्गुण २०८१, बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको छ ।