सुनको भाउ बढ्यो

न्युजलय ३ माघ २०८१, बिहिबार ११:१३ मा प्रकाशित

 काठमाडौँ । बिहीबार सुनचाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउसमेत तोलामा ५० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदी आज १ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको हो ।