काठमाडौं । मलेसियामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ।
मलेसियाका स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको बताए।
ओमिक्रोनबाट संक्रमित व्यक्ति कुन देशका नागरिक हुन् भन्ने विषय त्यहाँको स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।
संक्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट सिंगापूर हुँदै मलेसिया गएको टाईम्स अफ ईन्डियामा समाचार छ ।
मलेसियामा कम्तिमा ४ लाख नेपालीहरु रोजगारीका लागि गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन्।
विश्व स्वास्थय संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ।