काठमाडौं । फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले तीन सातामा १८ करोडको व्यापार गरेको बताइएको छ ।
‘नेपालभरिबाट फिल्मले बक्सअफिसमा १८ करोड कलेक्सन गरिसकेको छ। चौंथो सातामा लाग्दा पनि फिल्मलाई दर्शकको साथ छ’ उनले भने।
राम्रो व्यापार गरेता पनि ‘छक्का पञ्जा ४’ को कलेक्सन ‘कबड्डी ४’ को भन्दा कम छ। यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले ३० करोड कमाएको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो।
हेमराज बिसीको निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे, नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।