विराटनगर । अनेरास्ववियु बुढीगंगा गाउँपालिकाको प्रथम गाउँ सम्मेलन शनिबार सम्पन्न भएको छ । सो सम्मेलनले देवराज खतिवडाको अध्यक्षतामा ३१ सदस्य कमिटी समेत गठन गरेको छ ।
नवगठित कमिटीको अध्यक्षमा क.देवराज खतिवडा, उपाध्यक्षहरूमा क.अनिश बोगटी, क.आयुश तिम्सिना, सचिवमा क.मुरारी प्रसाद घिमिरे, सहसचिवमा क. सरोज मोदी र कोषाध्यक्षमा क.आकृति कार्की रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा एमाले बुढीगंगा ईन्चार्ज क.बलभद्र सरदार रहेको नवगठित कमिटीका सहसचिव सरोज मोदीले जानकारी गराए ।
महेश भट्टराई