काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ।
आइतबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज सुन सोही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। एक तोला चाँदीको मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार एक तोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।