काठमाडौं । भोजपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
आमचोक गाउँपालिका–४, सिपाक बस्ने २४ वर्षीय शुक्र विकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
विकले ती किशोरीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।