कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका–६ को गविरामा शनिबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएको हो ।
दुर्घटनामा जीप चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोले जनाउको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।