गायकबाट नायक बन्दै स्वप्न सुमन

न्युजलय ५ माघ २०७९, बिहिबार ०८:०९ मा प्रकाशित

काठमाडौं । गायक स्वप्न सुमन अब फिल्मको हिरो बन्ने भएका छन् । निर्देशक दिनेश राउतको नयाँ फिल्ममा उनी हिरोको रुपमा देखिने भएका हुन् ।  

प्रेमकथा र सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । फिल्मको मुख्य भूमिकाका लागि बिहीबार स्वप्न सुमन फाइनल भएको निर्देशक दिनेशले जानकारी दिए । 

फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । आगामी दसैँमा रिलिज गर्ने लक्ष्य राखिएको फिल्मको बाँकी कलाकार समेत छिट्टै छनौट हुने राउतको भनाई रहेको छ । 

स्वप्न सुमन वास्तविक नाम सुमन थापा हो । सन् २०१३ बाट गीत गाउन सुरु गरेका उनी युवा पुस्ता माझ लोकप्रिय गायक हुन् ।