लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव

न्युजलय २६ असोज २०७९, बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौँ । लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ ।


सहसचिव पदमा १ सय १२ र उपसचिव पदमा ३ सय २१ गरी जम्मा ४ सय ३३ जनाका लागि विज्ञापन खुलेको हो।


यसका लागि आवेदन दिने अन्तिम म्याद २०७९ कात्तिक २९ गतेसम्म तोकिएको छ।


इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जनाका लागि आवेदन खुला भएको छ। कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवका लागि भर्ना खुलेको छ।


लोकसेवा आयोगका अनुसार लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका आवेदन माग गरिएको छ।


आर्थिक योजना तथा तथ्यांक सेवामा ३ उपसचिव, विविध सेवामा ६ उपसचिव र संघीय संसद सेवातर्फ ११ पदमा विज्ञापन खुलाइएको पनि लोकसेवाले निकालेको सूचनामा उल्लेख छ।