काठमाडौं । सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।