घट्यो सुनको मुल्य

न्युजलय २७ भदौ २०८१, बिहिबार १२:२८ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७९५ निर्धारण भएको छ।