घट्यो सुनको मुल्य

न्युजलय २० साउन २०८१, आइतबार ११:३७ मा प्रकाशित

काठमाडौँ ।  आइतबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदी १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।