यौनजन्य प्रेमलिला गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई अर्को झड्का

न्युजलय २५ भदौ २०८०, सोमबार १२:५० मा प्रकाशित

काठमाडौं । इलामको माइजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई लेखा अधिकृतसँग गरेको यौनजन्य प्रेमलिलाको भिडिओले अर्को झड्का दिएको छ।

सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका पुगेर हाजिर गरेका राईलाई भिडिओ सार्वजनिक हुनासाथ त्यहाँबाट पनि फिर्ता पठाइएको छ।

माइजोगमाईबाट सरुवा भएर १२ भदौमा राई बाह्रदशी गाउँपालिका पुगेका थिए। तर एक साता पनि नभई भिडिओ सार्वजनिक भएपछि स्थानीयको दबाब आएपछि फिर्ता पठाउने निर्णय भएको बाह्रदशी गाउँपालिकाले जनाएको छ ।

अर्को प्रशासकीय अधिकृत पठाउनका लागि गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिसकेको छ।