धरान । प्रहरीले नियन्त्रित औषधीसहित धरान ५ देउरालीका २४ वर्षीय अनम राईलाई पक्राउ गरेको छ ।
मंगलबार बेलुका साढे ६ बजे अस्थायी प्रहरी पोस्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४,२५० ट्याब्लेट र स्पास्पेइन ४३०० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।