आजको सुनको मुल्य

न्युजलय २३ बैशाख २०८१, आइतबार ११:३३ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार कायम मूल्यमा आज पनि कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।