काठमाण्डौ । अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्।
उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्।
‘शुभविवाह,’ उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको सौराहमा भइरहेको छ।