इटहरी । पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै विभिन्न आदिवासी संघ, संगठनको एक्यवद्धता सभा सम्पन्न भएको छ ।
शनिबार इटहरीमा आयोजित सभामा सभ्यता, ईतिहास र पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै चलिरहेको कोशी नाम विरुद्धको आन्दोलनमा विभिन्न आदिवासी संघ संस्थाहरूको ऐक्यबद्धता जनाएको हो ।
विभिन्न आदिवासी जनजाति संघ, संगठनहरुले जातीय पहिरनमा झाँकी सहित इटहरी चौक परिक्रमा गरेको हो । सभामा नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुपा राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
संयुक्त एक्यवद्धता सभाले प्रदेश नं। १ लाई गरिएको कोशी प्रदेश नामाङ्कन खारेज, एतिहासिक सभ्यता सहित पहिचानको आधारमा सबै प्रदेशको नामाकरण, संविधान बमोजिम स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम, थारु लगायत आदिवासी जनजातिमाथी लगाइएको झुठो मुद्दा खारेज, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र लोकतन्त्रमाथिको प्रहार बन्द र आदिवासी जनजातिमाथी गरिने हेपाहा अभिव्यक्ति तथा सबै खाले विभेदको अन्त गर्नु पर्ने साझा मुद्दाको रुपमा अगाडि सारेको हो ।
संयुुक्त ऐक्यबद्धता सभाका प्रमुख वक्ता नेपाल तामाङ घेदुङ अध्यक्ष मोहन गोले तामाङ रहेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे लामा शेर्पा विशिष्ट वक्ताको रुपमा रहेका थिए ।
त्यस्तै किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक याम्फू, किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम येक्तेन, ज्ञानेन्द्र पुन मगरःअध्यक्ष, नेपाल मगर संघ, उमेश स्थापित ः केन्द्रिय उपाध्यक्ष, नेवा देय दबू, धनमान गुरुङ ः केन्द्रिय उपाध्यक्ष, तमु ह्युल छोज धि, सभा सुनुवार ः महासचिव, आदिवासी जनजाति महिला महासंघ, अमृत सुनुवार ः केन्द्रीय अध्यक्ष, सुनुवार सेवा समाज, लाक्पा शेर्पा ः केन्द्रीय महासचिव, नेपाल शेर्पा सङ्घ लगायतले संयुक्त एक्यवद्धता सभालाई सम्बोधन गरेका हुन् ।
नेपाल मगर मगर सङ्घ सह अध्यक्ष गङ्गा बहादुर थापा मगरले कार्याक्रम सन्चालन गरेका हुन् ।
कार्यक्रमका बीच रुकुम र जाजरकोटका भुकम्प पीडितहरुको लागि राहत रकम समेत संकलन भएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ ।