काठमाण्डौ । नवलपुरको मध्यबिन्दु–१२ मा बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोलाकी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।
शुक्रवार बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।