काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ ।
आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।
यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ ।