घोडेटार । भोजपुरको हतुवागढीमा जारी अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको पुरुष तर्फ फाइनल खेल हसनपुर र होम्ताङबिच हुने भएको छ ।
हतुवागढी खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिताको आज (बिहीबार) सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै हतुवागढी–९ हसनपुर र हतुवागढी–५ होम्ताङ फाइनलमा प्रवेश गरेको हो ।
बेस्ट अप फाइभका आधारमा खेलाइएको सेमिफाइनल खेलमा हतुवागढी–६ (बि) लाई हराउँदै हसनपुर भलिबल टिम फाइनल प्रवेश गरेको हो । त्यस्तै हतुवागढी–८ (बि) टिमलाई हराउँदै हतुवागढी–५ होम्ताङ भलिबल टिम फाइनल प्रवेश गरेको हो ।
हतुवागढी गाउँपालिका –१ घोडेटार स्थित सगरमाथा माविको प्राङ्गणमा जारी उक्त प्रतियोगिताको फाइनल खेल भोलि ९शुक्रबार० बिहान ८ बजे हुने समितिका सदस्य अजय तामाङ्ले जानकारी दिए ।
हतुवागढी(१ खेलकुद विकास समितिको सह आयोजना तथा हतुवागढी गापाको प्रायोजनमा पौष १२ गतेदेखि जारी उक्त अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ १३ टिम र महिला तर्फ ९ टिमको सहभागिता रहेको थियो ।
हतुवागढी गाउँपालिका अन्तर्गतका खेलाडी सहभागी हुन पाउने गरि वडास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिए ।
उक्त वडास्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ विजेता टिमलाई रु ५१ हजार १ सय ११ र उपविजेता टिमलाई रु ३५ हजार ५ सय ५५ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसै गरि महिला तर्फ विजेता टिमलाई रु. ३० हजार ३ सय ३३ र उपविजेता टिमलाई २० हजार २ सय २२ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ ।