काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।
सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।