काठमाडौं । सरगम कोशलले मिसज वर्ल्डको ताज जितेकी छन्। २१ वर्षपछि भारतमा यो ताज फिर्ता आएको हो। यस प्रतिस्पर्धामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए।
जसमा सरगम कौशलले जितेकी हुन्। जम्मू–कश्मिरमा रहँदै आएकी सरगम शिक्षिका हुन्। उनका पति नेवीमा एक अफिसर छन्। उनीहरुको विवाह सन् २०१८ मा भएको थियो।
उनले आफ्नो सफलताको श्रेय पिता र पतिलाई दिएकी छन्। मिसेज इन्डिया पेजन्टको अफिसियल इन्टाग्राम ह्यान्डलमा उसको घोषणा गरिएको छ।
सन् २००१ मा यो क्राउन डा अदिति गोवित्रीकरले जितेकी थिइन्। यस पुरस्कारको निर्णायकमा अभिनेत्री सोह खान, विवेक ओबरोय र मोहम्मद अजरुद्दीन रहेका थिए। यसअघि सरगमले १६ जुन २०२० मा मिस इन्डिया वर्ल्ड २०२२ को पुरस्कार पनि जितेकी थिइन्। उनलाई नवदीप कौरले यो ताज पहिराएका थिए।