विकास बोर्डको सदस्यमा पूजा शर्मा नियुक्त

न्युजलय १३ पुस २०७९, बुधबार ०६:०१ मा प्रकाशित

काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएकी छिन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई महिला चलचित्र ससक्तिकरण समितिको सदस्यमा नियुक्त गरेका छन् ।


महिला चलचित्रकर्मीको हक, अधिकार, आधिकारिक सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक हिंसा, शोषण एवं विभेदविरुद्ध चेतना बढाउनका लागि महिला चलचित्रकर्मी शसक्तिकरण कार्यविधी २०७६ अनुसार गठित समितिमा अभिनेत्री शर्मालाई सदस्य बनाइएको हो । शर्मा करिव एक दशक यता कलाकार तथा निर्माताको रुपमा नेपाली फिल्म क्षेत्रमा सक्रिए छिन् ।

 

यसैगी, विकास बोर्डले फिल्मकर्मी गोविन्द शाही तथा गोपालकाजी कायस्थलाई पनि सदस्य पदमा मनोनित गरेको छ । फिल्म वितरकद्वय शाही तथा कायस्थलाई चलचित्र विकास बोर्ड सल्लाहकार समितिको सदस्यमा मनोनित गरिएको छ ।