जबरजस्ती करणीको अभियोगमा मोरङका भण्डारी काठमाडौंबाट पक्राउ

न्युजलय २० पुस २०७८, मङ्गलबार ०१:४८ मा प्रकाशित

काठमाडौं । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। 

बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ उनलाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।