झापा । बलात्कार आरोपमा झापाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति पक्राउ गरिएको जिप्रका झापाले जनाएको छ ।
भुजेलले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।