सप्तरी । सप्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
स्थानीय ४० वर्षीय दिलीपकुमार राम र मोटरसाइकल चालक २२ वर्षीय रन्जितकुमार मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय त्रिभुवन पासवानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार राति प १२१७ नम्बरको मोटरसाइकल पैदल हिँडिरहेका दिलीपलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।