उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा डेङ्गुको बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्ला अस्पताल उदयपुरका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।