काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज सोमबारको तुलनामा सुन १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ ।