‘प्रेम गीत ३’ पछि टेलिग्राममा लिक भयो ‘प्रकाश’

न्युजलय १० असोज २०७९, सोमबार ०८:०७ मा प्रकाशित

काठमाडौ । प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’को हिन्दी भर्सन सोमबारदेखि प्रदर्शनमा आएको छ।


गत शुक्रबारदेखि नै प्रदर्शन हुने भनिए पनि चलचित्र विकास बोर्ड र चलचित्र निर्माण टीमबीच देखिएको विवाद कारण तीन दिनपछि फिल्म हलमा रिलिज भएको हो।

  

शुक्रबार विश्भर प्रदर्शनमा आएको फिल्मको हिन्दी भर्सनको शनिबार दिउँसो टेलिग्राममा लिक भइसकेको थियो। उक्त फिल्मलाई हलमा खिचेर टेलिग्राममार्फत भाइरल गरिएको थियो।


मोबाइलमै फिल्मको ‘हलप्रिन्ट’आए पनि सोमबार हलमा दर्शकको घुँइचो नै देखियो।  


‘प्रेम गीत ३’ लिक भएको सन्दर्भ चलिरहँदा प्रदीप खड्काको यसअघि प्रदर्शन भएको फिल्म ‘प्रकाश’ पनि टेलिग्राममा लिक भएको छ। हलमा भिडियो खिचेर उक्त फिल्म टेलिग्राममार्फत सार्वजनिक गरिएको हो।


सार्वजनिक १ घण्टा ५४ मिनेट २७ सेकेण्ड लामो भिडियोमा खिच्ने दर्शकको आवाज पनि सुनिएको छ।