काठमाडौँ । सोमबार(आज) को सेयर बजार तीव्र उतारचढाव देखिएको छ । नेप्से आज अघिल्लो दिनको तुलनामा जम्मा १ अंक बढेको हो ।
सोमबार कुल ४ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो । बैंकिङ ५, जलविद्युत् १८, उत्पादन १०९ र ब्यापार उपसमूह ७६ अंक बढे ।
अन्य १०, निर्जीवन बीमा १९, माइक्रोफाइनान्स ५८, जीवन बीमा १९, होटल तथा पर्यटन ६०, फाइनान्स २ र विकास बैंक उपसमूह ५९ अंक घटे ।
कुल ११५ कम्पनीको मूल्य घटदा ५८ को बढ्यो भने ६ को स्थिर रह्यो ।