बिर्तामोड । बिर्तामोड वडा नं. ५ मा रहेको बुधबारे हटियामा डोजर चलेको छ । सोमबार नगरपालिकाले बल प्रयोग गरी सो स्थान खाली गराएको हो ।
सोमबार बिहान बिर्तामोड नगरपालिकाका जनप्रतिनिधीको भेलाले सो स्थान खाली गराउने निर्णय गरेको थियो । नगरपालिकाको स्वामित्वमा रहेको १ बिगाहा १ कठ्ठा जमिनमा बहुतले भवन निर्माण गर्ने योजनाअनुसार डोजर चलाइएको हो ।
बिर्तामोड नगरपालिका वडा नम्बर–५ सो जमिनमा घर टहरा खाली गर्न नगरपालिकाले पटक पटक सुचना जारी गरेपनि ब्यापारीले अटेर गरेपछि नगरपालिकाले सोमबार डोजर लगाएर खाली गराएको हो । करीब ३० वटा टहरा भत्काउन १० वटा जेसीवीलाई लगभग ५ घण्टा लागेको थियो ।
आक्रोशित ब्यापारीले एउटा जेसीबीको सिसा फुटाइदिएका थिए । ब्यापारीले नगरपालिका बिरुद्ध नाराबाजीसमेत गरेका थिए ।