आज १० भाद्र २०८० आइतवारको राशिफल

न्युजलय १० भदौ २०८०, आइतबार ०६:२३ मा प्रकाशित

मेष । आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

वृष । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन । आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट । आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

सिंह । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कन्या । आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

तुला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु । आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

मकर । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

कुम्भ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मीन । आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।