ओरालो लाग्यो सुनको मूल्य

न्युजलय ५ पुस २०८१, शुक्रबार ११:३४ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।