करिश्मा मानन्धरले छोडिन् एमाले

न्युजलय २४ भदौ २०८२, मङ्गलबार १२:०३ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले एमाले पार्टी छोडेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमाले त्यागेको घोषणा गरेकी हुन्।

उनले आफू जनताकै कलाकार बनिरहन चाहेको भन्दै एमाले छोडेको बताएकी छन्। 

करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन्।