घट्यो सुनको भाउ

न्युजलय ४ भदौ २०८१, मङ्गलबार ११:०२ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको भाउमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको छ ।