‘ए मेरो हजुर ४’ को ‘तिमी र म’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय २० चैत २०७८, आइतबार ०२:१८ मा प्रकाशित

काठमाडौं । ‘ए मेरो हजुर ४’ फिल्मको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको छ।


सार्वजनिक गीतमा प्रतीक पौडेलको शब्द तथा संगीत रहेको छ।

 

शनिबार सार्वजनिक गरिएको गीतमा अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ।


उदय राज पौडेलको स्वर रहेको गीतमा ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन्। 

 

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहाना साथै सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमको अभिनय रहेको छ।