इटहरी । नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने काम यतिखेर भइरहेको छ । प्रदेश १ को मोरंगमा सर्वसम्मत प्रतिनिधि चयन भएको साता बितिसक्दा पनि सुनसरीमा अझै प्रतिनिधिको टुंगो लागिसकेको छैन ।
सुनसरीको क्षेत्र नं १ मा अझै पनि प्रतिनिधि चयन अलमलमा परेको छ । सहमतीका लागि प्रयास भइरहेपनि सहमती हुन सकेको छैन ।
यता सहमती भएको भनिएका अन्य ठाउँहरुमा पनि नेता कार्यकर्ता सन्तुष्ट छैनन् । टिके प्रथालाई निरन्तरता दिइएको उनीहरुको आरोप छ । इटहरीका मेयर तथा एमालेका पुर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीलेसमेत चुनाव नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले फेसबुकमा ‘जब सम्म टिके प्रथा बाट प्रतिनिधि चयन गर्न बन्द हुदैन, तब सम्म पार्टी सदस्यहरुको हक र अधिकारको उचित सम्मान हुदैन’ भनेर लेखेका छन् ।
उनले योग्य प्रतिनिधिको मुल्याङ्कन नभएकोमा समेत आक्रोश पोखेका छन् ।
महाधिवेशन प्रतिनिधिको रुपमा उनी र इटहरी नगर इन्चार्ज बन्नुलाल चौधरीमध्ये एक जना जाने गरी सहमती गरीएको थियो । सो क्रममा बन्नुलाई महाधिवेशनमा पठाउने निर्णय गरिएको थियो ।
उनले फेसबुक स्टाटसमा ‘आन्तरिक चुनावबाट डराउने र भागनेले स्थानीय र प्रदेशको चुनाबमा कसरी प्रतिशप्रधा गर्नु हुन्छ रुरु भिर बाट लडने गोरुलाई राम राम भन्न सकिन्छ काँध थापन सकिन्न’ भनेर प्रश्नसँगै चेतावनीसमेत दिएका छन् ।