झापामा जंगली हात्ती मृत फेला

न्युजलय २२ पुस २०८२, मङ्गलबार ०१:०१ मा प्रकाशित

झापा । झापामा जंगली हात्ती मृत फेला परेको छ ।

बुद्धशान्ति गाउँपालिका–३ स्थित कालिका सिमसारतर्फ जाने बाटो नजिक डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दाह्रा नभएको भाले हात्ती मंगलवार बिहान मृत अवस्थामा फेला परेको हो।

बस्तीको छेउमै हात्ती मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बुधवारेको टोली घटनास्थल पुगेपछि डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हात्तीको मृत्युको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइने वन कार्यालयले जनाएको छ।