डोटी। डोटीको दिपायल सिलगढी नगरपालिका–५ का पदम नेपालीको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ ।
घरमै मासु खाइरहेका ५० वर्षका नेपालीको घाँटीमा चोक्टा अड्किएपछि उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएका नेपालीलाई अस्पतालले हिजो मृत घोषणा गरेको थियो ।