घट्यो सुनको मूल्य

न्युजलय ११ माघ २०८०, बिहिबार ११:५५ मा प्रकाशित

काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहिबार(आज) भने घटेको छ । चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय घट्दा चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।