सेउतीखोला नजिकै भएको रोहित चौधरी हत्या प्रकरणमा थप एक जना धरानबाट पक्राउ

न्युजलय २१ साउन २०८०, आइतबार ११:०४ मा प्रकाशित

सुनसरी । सेउतीखोला नजिकैको  विराटनगर –५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक  जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने धरान–४ का २७ वर्षीय युनेश राई  रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ  । राईलाई धरानबाट पक्राउ गरेको हो । 

राईले गिरोहका सदस्यले प्रयोग गर्ने पेस्तोलको गोली राखिदिने गरेका प्रहरीले जनाएको छ । 

प्रहरीले राईको साथबाट ८ थान गोली पनि बरामद गरेको छ । रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या ६ जना पुगेको छ । शुक्रवार रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेका थिए ।

यसअघि गिरोहका मुख्य नाइकेसहित दुई जना पक्राउ परिसकेका छन् ।