काठमाडौं । भारतमा भइरहेको साफ यू–१८ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
खेल जमसेदपुरस्थित जेआरटी टाटा कम्प्लेक्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।
मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली भारतसँग नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । यसअघि भएका दुई संस्करणमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन ।
तीन टिम मात्र सहभागी च्याम्पियनसिपमा डबल राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ र त्यसपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।