काठमाडौं । चीनबाट थप १० लाख डोज कोरोनाविरूद्धको खोप नेपाल आइपुगेको छ।
१० लाख डोज भेरोसेल खोप बुधबार(आज) बिहान आइपुगेको खोप शाखाले जनाएको छ ।
सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा आज त्यसमध्येकै पहिलो लट खोप आएको हो। अब दोस्रो लटको खोप पनि छिट्टै नै आउने बताइएको छ ।
यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ।