सुनको मूल्यमा उच्च गिरावट

न्युजलय ९ साउन २०८२, बिहिबार १२:१८ मा प्रकाशित

काठमाडौँ ।  सुनको मूल्यमा आज उच्च गिरावट आएको छ। 

आज सुनचाँदीकै मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको मूल्य आज प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको हो। 

मूल्य घटेर आज सुन एकलाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर दुई हजार दुईसय ३५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।