२०७८ साल माघ ६ गते बिहिबार

वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

न्युजलय २४ असोज २०७८, अाईतबार ०९:५६ मा प्रकाशित

स्याङ्जा । वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। 

दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली रहेका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

घाइते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए। तीमध्ये ६ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अरु ९ जनामध्ये २ गल्याङ अस्पताल र ७ जना वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्। 

वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप आइतबार साँझ ७ बजे वालिङ नगरपालिका १० मदिखोलामा दुर्घटना हुँदा १९ जना घाइते भएका प्रहरीले जनाएको छ। जीप सडकदेखि करिब ५० मिटर तल खसेको र दुर्घटनाका कारण बारे अनुसन्धान सुरु भैसकेको प्रहरीको भनाइ छ।