झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

न्युजलय २१ चैत २०७९, मङ्गलबार ०१:०२ मा प्रकाशित

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–८ निवासी ६५ वर्षीया गीतादेवी खत्री रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा १–०३–००१ प १८४६ नम्बरको मोटरसाइकलले  पैदलयात्री खत्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले मोटरसाइकलसहित चालकलाई  नियन्त्रणमा लिएको छ।