बढ्यो सुनचाँदीको भाउ

न्युजलय २५ भदौ २०८०, सोमबार ११:४९ मा प्रकाशित

काठमाडौँ । सोमबार (आज) सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।